आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सुनको भाउमा अर्को नयाँ रेकर्ड

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १६:५४ मा प्रकाशित (३ साल अघि) ३०७ पाठक संख्या

काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको दर भाउ सार्वजनिक गर्दै सुनको मुल्य प्रतितोला रु। ९९ हजार ८०० रुपैयाँ तोकेको छ, जुन सोमबारको तुलनामा २०० रुपैयाँले बढी हो । यो मुल्य हालसम्मकै उच्च पनि हो । सोमबार सुनको मुल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९९ हजार ३७५ रुपैयाँ तोकिएको छ । यसैगरि आज चाँदी प्रतितोला रु। १२३० मा कारोबार गर्न सकिने महासंघले बताएको छ ।