आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मुख्यमन्त्री कार्यालयकै ६ जना कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१९ श्रावण २०७७, सोमबार १८:१० मा प्रकाशित (३ साल अघि) ४९२ पाठक संख्या

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयका ६ कर्मचारीसहित ३० जनामा कोरोना संक्रमण देखिएको हो ।  प्रादेशिक अस्पताल  जनकपुरमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे ।  यता, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्राय्क्ट ट्रेसिङको आधार पता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीहरुमा समेत कोरोना संक्रमण भएको जनाइएको  छ ।