आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

गोकर्णेश्वर खबर१८ श्रावण २०७७, आईतवार ०७:४६ मा प्रकाशित (३ साल अघि) ४२५ पाठक संख्या
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरेको हो। यसैगरी, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले भाउ बढाइएको छ । केही समयअघि पनि भाउ बढाइएको थियो । स्वचालित प्रणाली अनुसार भाउ वृद्धि गरिएको आयल निगमको भनाई छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य विवतरण अनुसार भाउ वृद्धि गरिएको आयल निगमले जानकारी दिएको छ । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भाउ वृद्धिपछि लिटरको भने १०४ रुपैयाँ पुगेको छ। यसैगरी, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर यसअघि ८८ रुपैयाँ ५० पैसा रहेकामा अब ९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने भाउ वृद्धि गरेको छैन ।