आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सेनिटाइजरलाई मादक पदार्थका रुपमा पिउँदा १० जनाको मृत्यु

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०९:३० मा प्रकाशित (३ साल अघि) १२४५ पाठक संख्या

भारत : भारतमा सेनिटाइजरलाई मादक पदार्थका रुपमा पिउँदा १० जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको कुरीछेडु गाउँमा सेनिटाइजरमा अन्य हल्का पेय पदार्थ र पानी मिसाइ सेवन गर्ना उनीहरुको मृत्यु भएको हो ।

मृतकहरुले मदिरा पसल बन्द भएकाले अल्कोहलयुक्त सेनिटाइजरलाई मादक पदार्थका रुपमा दश दिनदेखि सेवन गरेको देखिएको प्रहरीले जनाएको छ । सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ । कोरोना भाइरस संक्रमण बढेपछि आन्ध्र प्रदेश सरकारले कडा मापदण्ड लागू गरेको छ ।

भारतकै पन्जाबमा नक्कली मदिरा सेवनबाट ३८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनावाट १६ लाख ३८ हजार भन्दा बढी प्रभावित छन । ३६ हजारको मृत्यु भएको छ ।