आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

तिनाउमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार २०:४४ मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

बुटवल – तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन् ।

सियारी गाउँपालिका–३ जगहताकी ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलका १९ वर्षका हरि दर्जी बेपत्ता भएका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

मामाघर गएकी ज्योति हजुरआमासँग बाख्रा चराउन गएका बेला तिनाउमा नुहाउने क्रममा डुबेकी हुन् । यस्तै बुटवल–११ झोलुङ्गेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय हरि दर्जीलाई तिनाउले बगाएको हो ।

बेपत्ता भएकाहरुको प्रहरी टोलीले खोजतलास गरिरहेको डीएसपी खत्रीले बताए ।