आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’तीज गीत सार्वजनिक(भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:४२ मा प्रकाशित (३ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं – गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ ।

एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका गीत सार्वजनिक गरिरहेका बेला यो गीतमा तीज महिलाको पर्व भएको र पुरुषले डिस्टर्ब गर्न नहुने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रीति आले, रिया श्रेष्ठ, सविता आले, कैशिश दाहाल, कमला नेपाली लगायतले अभिनय गरेका छन् ।

यस्तै गीतलाई कृष्ण परियारले निर्देशन गरेका छन् भने बाबु जिम्बाले कोरियाग्राफी गरेका छन् ।