आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मलेसियामा सेक्युरिटी गार्ड कुटिएकोबारे नेपाली दूतावासले थाल्यो सोधखोज

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:२६ मा प्रकाशित (३ साल अघि) २३५ पाठक संख्या

काठमाडौं – मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ ।

उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ ।

दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।