आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाली नागरिकलाई कुवेत जान प्रतिबन्ध

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार ०७:४३ मा प्रकाशित (३ साल अघि) २९५ पाठक संख्या

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रुपमा रोक लगाइएको छ ।

कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।

कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।

कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।