आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अब संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १८:२० मा प्रकाशित (३ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं – संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ ।

खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ ।

‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो ३ बजेसम्म युट्युब र फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरेका छौं’ सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले भने ।

युट्युब र सामाजिक सञ्जाल नै चाहिएको वा यसैबाट सूचना आदनप्रदान गर्नुपरेको भनी जानकारी गराएमा त्यस्ता व्यक्तिलाई चलाउन दिने व्यवस्था गर्ने उनले बताए ।

उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।

‘कुनै औपचारिक निर्णय भएको होइन । तर, दिउँसोको समयमा फेसबुक र युट्युब बन्द गराउँदा अहिलेको ब्याण्डविथले भ्याउँछ कि भनेर परीक्षण सुरु गरेका हौं’ न्यौपानेले भने, ‘निश्चित समयको परीक्षण र प्रतिक्रिया हेरेर थप निर्णय हुन्छ ।’