आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

नेपालमा कोरोनामुक्त हुनेको संख्या १४,०२१ पुग्यो,२४ घण्टामा १४६ जना निको

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १७:२० मा प्रकाशित (४ साल अघि) ३२१ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।