आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

युवा शिक्षासेवीहरुको पहलमा मनास्लु वर्ल्ड कलेज स्थापना, अनलाइन रजिस्ट्रेसन खुल्ला

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १३:१८ मा प्रकाशित (३ साल अघि) ४३४ पाठक संख्या

काठमाडौं । युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सन्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि नजिकै आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको भएको छ ।

नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपूर्ण शैक्षिक गन्तव्य हो यस मनास्लु वल्र्ड । कलेजमा शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल÷कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर निर्माण भएको संस्था हो मनाश्लु वल्र्ड कलेज । यति मात्र हैन यस संस्थामा विभिन्न उद्यमशीलता तथा व्यापारिक क्षेत्रमा क्रियासिल संस्थाहरु समेत जोडिएका छन् ।

यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु कुनै पनि क्षेत्रको नेतृत्वदायी भूमिकामा रहने गरि पुग्ने किसिमले तयार गर्ने उद्देश्यका स्थापना गरिएको मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. का अध्यक्ष गेन्द्र लामाको भनाइ छ ।

उनले अहिलेको प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर अध्यापन गराउनु पर्ने बताउँछन । विद्यार्थी हरेक प्रकारले सिर्जनसिल हुनुपर्ने र अध्ययन गरिसकेपछि उनीहरुले आफैले विभिन्न व्यवसाय संचालन गर्न सक्ने किसिमको बनाउने गरि शिक्षा दिनकालागि आफूहरु लागि पर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् । कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्ने, टिम वर्क गरि व्यवसाय गर्न तथा प्राविधिक विषयमा अब्वल र बौद्धिक जनशक्ति निर्माण गर्नका लागि यो कलेजको स्थापना भएको हो कलेजको ठहर छ ।