आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

हामी नेपाली पोल्याण्डद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार १८:५८ मा प्रकाशित (३ साल अघि) ६४८ पाठक संख्या

काठमाडौं – अन्तर्राष्ट्रिय संस्था हामी नेपाली पोल्याण्ड शाखाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ।

विगत ३ वर्ष देखि दुवै मृगौला फेल भई जीवन मरणको दोशादमा रहेका मोरङ मिक्लाजुङ ३, बसन्तचौक बस्ने ५० वर्षीया पुर्णबहादुर लिम्वुलाई हामी नेपाली पोल्याण्ड शाखाले ४१ हजार नगद आर्थिक सहयोग गरेको हो ।

पारिवारिक अवस्था कमजोर भएका पीडित लिम्वुलाई उपचारको लागी भन्दै संस्थाले सहयोग गरेको हामी नेपाली पोल्याण्ड शाखा अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिईन । उनले भनिन् ‘२ छोरा र २ छोरीका बावु पुर्ण बहादुर लिम्वुको स्वास्थ्य दिनानु दिन खराव हुँदै गईरहेको साथै कमजोर आर्थिक स्थितिका कारण राम्रो उपचार हुन नपाएको भन्ने जानकारी पायौं त्यसै अनुरुप विभिन्न साथीहरुसँग रकम संकलन गरेर केही सहयोग उहाँलाई हस्तान्तरण गरेका छौं ।’

अध्यक्ष श्रेष्ठका अनुसार पीडित लिम्वुको उपचारमा सहयोग गर्दै आएका स्थानिय समाजसेवि हंकराज राईको पहलमा हामी नेपाली पोल्याण्डबाट संकलित रू४१,००० नगद आज पिडित लिम्बुलाई हस्तारण गरिएको छ।

अमेरीकामा केन्द्रिय कार्यालय रहेको हामी नेपाली ग्लोबलले नेपालमा विभिन्न समयमा आइपरेका प्राकृतिक विपत्त तथा आर्थिक अवस्थामा कमजोर भएका पीडितहरुको लागी समेत सहयोग गर्दै आएको छ ।
संस्थाले नेपाली नेपाली विचको सहयोगी भावना तथा राष्ट्रीय एकता जगाउँदै मातृभुमीको विकास निमार्णमा समेत आफ्ना कार्य थाल्दै आएको छ ।

त्यस्तै पूर्ण लिम्बु बचाउँ अभियान मिक्लाजुङले सहयोगी मनहरु प्रति धन्यवाद दिदै अन्य स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजु भाई दिदि बहिनिहरुलाई पीडित लिम्बुको जीवन रक्षार्थ सहयोग गरिदिनु समेत अनुरोध गरेको छ ।