आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योग आसन प्रस्तुत गर्ने यी युवती (भिडियो हेर्नुस्)

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १४:३५ मा प्रकाशित (३ साल अघि) ११८२ पाठक संख्या

एजेन्सी – सामाजिक सञ्जालमा अहिले एक युवतीको तस्वीर भाइरल भइरहेको छ । यो अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति करिव १ः४५ बजे भएको प्रदर्शनको क्रममा खिचिएको दृश्य हो ।

प्रद्धर्शनकाबीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले सबैको ध्यान आफुतिर खिचेकी थिइन् । सबैको ध्यान आफुतिर तानिनुमा एक कारण उनको साहस थियो भने अर्को कारण उनी विल्कुलै नग्न अवस्थामा प्रस्तुत भएकी थिइन् । उनले शिरमा कालो टोपी र मुखमा कालो मास्कबाहेक अरू कुनै कपडा लगाएकी थिइनन् ।

पछिल्लो समय अमेरिकामा जातीय विभेद लगायत जोखिमपूर्ण समूहको मुद्दा उठाएर देशव्यापी प्रदर्शन भइरहेको बेला दर्जनौं सुरक्षाकर्मीसामु शारीरिक रूपले नग्न र शान्त हाउभाउमा प्रस्तुत भएकी ती युवतीलाई अमेरिकामा जारी विद्रोहकी प्रतीक मानिएको छ ।

ती युवतीले सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योगका विभिन्न आसन प्रस्तुत गरेकी थिइन् । उनले केही बेर एउटा खुट्टाको भरमा उभिँदै आफ्ना दुवै हात हावामा उचालेकी थिइन् । नर्तकीले झैं विभिन्न मुद्रामा शरीर घुमाएर देखाएकी थिइन् । त्यस्तै, ती युवतीले सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाएकी थिइन् ।

झन्डै १५ मिनेटसम्म सडकमा विभिन्न हाउभाउ प्रस्तुत गरेपछि केही बेर शान्त मुद्रामा उभिएकी उनी चुपचाप भीडमा हराएकी थिइन् । परिचय नखुलाइएपनि ती युवतीको सामाजिक सञ्जालहरूमा ‘नेकेड एथेना’ भनेर परिचय गराइएको छ ।