आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार ०८:०४ मा प्रकाशित (३ साल अघि) ६४३ पाठक संख्या

काठमाडौं । काठमाडौंको सितापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुईजना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जना डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।