आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बीपी स्मृति दिवसमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ र भ्रातृ संगठनद्वारा सरसफाई (फोटो सहित)

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार १२:०८ मा प्रकाशित (३ साल अघि) ६४३ पाठक संख्या
काठमाडौं, श्रावण ६ / बीपी कोइरालाको ३८ औं स्मृति दिवस को अवसरमा नेपाली कांग्रेस र भ्रातृ संगठनले सफाई कार्यक्रम गरेको छ ।

यसै क्रममा आज बिहान नेपाल तरुण दल काठमाडौं जिल्ला समितिको आयोजना तथा  नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ र नेपाल तरुण दल काठमाडौं महानगरपालिका वडा नं ६ समिति सह आयोजकमा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसर सरसफाई गरिएको छ।

सो कार्यक्रममा नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एबम पुर्व सहकारी मन्त्री शुश्री अम्बिका बस्नेत, बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा ,गोकर्णेश्वर नगरपालिकाकि उप  प्रमुख शान्ती नेपाल ,काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , गोकर्णेश्वर नगरपालिकाका वडा नं ५  का वडा अध्यक्ष नारायण सुवेदी , गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य जयराम पुडासैनी , नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी , नेपाल तरुण दलका कृष्ण जी खड्का , नेपाली काग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ इकाई सभापति भुवन लामा , युवा नेता दिपक लामा लगायत नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो। लगायत सहभागी थिए।