आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

चिया पसल बासुबाको -( कविता )- अधिवक्ता : राजेशकुमार सिजापति 

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार १६:१३ मा प्रकाशित (३ साल अघि) १४३१ पाठक संख्या

” चिया पसल बासुबाको “

कमिज सुरुवाल स्टकोट
ढाकाटोपि अाहा ! कस्तो सुहाको
शरिर बूढो फुर्ति युवाको छ
चियापसल बासुबाको

मिर्मिरे विहानदेखि
ती हातहरु कति पैारखि भाको
जेष्ठ बा आमा बालक युवा
कसैले बिर्सन्नन् चियाखाको

सत्यबाणीबाट उखान र
टुक्काको बर्षात कति भाको
चिया पिउँदै सब सुन्छन्
आदर्श कुरा बासुबाको

अनुभबका कोसेलिहरु
सित्तै बाडिन्छन् उहाँको
आगोताप्नु है मुडाको
कुरा सुन्नु बुढा बासुबाको

गिता रामायण मुखाकार
रेडियो पत्रिका साथि उहाँको
जन्म सिन्धुपाल्चोक
कर्म गोकर्णेश्वर छ वासुबाको

कमिज सुरुवाल स्टकोट
ढाकाटोपि अाहा ! कस्तो सुहाको
शरिर बूढो फुर्ति युवाको छ
चियापसल बासुबाको

अधिवक्ता : राजेशकुमार सिजापति