आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार ०९:५१ मा प्रकाशित (३ साल अघि) ८३८ पाठक संख्या

काठमाडौंं । काठमाडौंमै पहिरोले पुरिएर एक युवाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।