आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेपाल मेडिकल कलेजको करारमा कार्यरत ७९ नर्सलाई काममा फर्काउने सहमति

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार २२:०० मा प्रकाशित (३ साल अघि) १७३८ पाठक संख्या

काठमाडौं – नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनद्धारा निकालिएका कर्मचारीलाई फर्काउने सहमति भएको छ ।

करारमा कार्यरत कर्मचारीहरुलाई रोजगारीबाट निकालेको भन्दै अस्पताल प्रशासनमा तालाबन्दीलगायतका आन्दोलन भएपछि प्रशासन कर्मचारीलाई काममा फर्काउन सहमत भएको हो ।

प्रशासनले असार अन्तिमदेखि ७९  जना कर्मचारी (अधिकांश नर्स)को करार अवधि थप नगरी सेवाबाट हटाएको थियो ।

त्यसको विरोधमा स्वतन्त्र कर्मचारी ट्रेड युनियनले एक वक्तव्य जारी गर्दै  साउन १ देखि अस्पताल प्रशासनमा तालाबन्दी सुरु गरेको थियो ।

प्रशासनबाट निकालिएका कर्मचारीहरु ६ महिनादेखि ३ वर्षसम्म काम गरेका थिए ।

कामबाट निकालिएका कर्मचारीहरुले प्रशासनमा गरेको तालाबन्दीसँगै अस्पताल प्रशासन सबैलाई काममा फर्काउन सहमत भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिए । उनले अस्पताल प्रशासनबाट लिखित प्रतिबद्धता आएसँगै ताला पनि खोलिएको बताए ।

अध्यक्ष केसीका अनुसार अहिले अस्पताल विनियमावली अनुसार २ वर्ष अवधि पुगेकाहरुलाई साउनदेखि नै स्थायी गर्ने र अस्थायीलाई काममा फर्काइने सहमति बनेको छ ।

करारमा कार्यरत ७१ नर्सलाई काममा फर्काउने सहमति- युनियान अध्यक्ष किरण केसी

नेपाल मेडिकल कलेजको करारमा कार्यरत ७१ नर्सलाई काममा फर्काउने सहमति- युनियानका अध्यक्ष किरण केसी

Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Friday, July 17, 2020

त्यस्तै मेडिकल कलेजका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले कोभिडका महामारीका समयमा संस्था, कर्मचारी र बिरामीको हितमा हुनेगरी काम गर्दा राजनीति भएको बताए ।

डा. श्रेष्ठले समस्या ठूलो नभएपनि निर्वाचन आउन लागेकोले कतिपयले राजनीतिसमेत गरेको आरोप लगाए । अस्पतालमा झण्डै ७०० कर्मचारी कार्यरत रहेकोमा ३२४ नर्स छन् ।

अस्पताल व्यवस्थापन र युनियनबीच विभिन्न समयमा भएका सहमति पालना नगरी असार ३१बाट अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाएपछि युनियनले आन्दोलन सुरु गरेको थियो ।

युनियनले महामारीका समयमा अग्रमोर्चामा खटिएका कर्मचारीमाथि अन्याय र अत्यचारविरुद्ध अस्पतालको सम्पूर्ण प्रशासन शाखामा तालाबन्दी गर्न परेको जनाएको छ ।