आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

अब अनलाइनबाटै ‘नो अब्जेसन लेटर’ लिन पाइने

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०८:०४ मा प्रकाशित (४ साल अघि) ३९४ पाठक संख्या

काठमाडौँ । सरकारले अब विदेशमा पढ्न जान चाहने विद्यार्थीहरुलाई अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेसन लेटर) दिने भएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको जनाएको छ।

यसअघि शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था भएपनि कोरोना भाइरस र लकडाउनका कारण एओसी दिन रोक लगाइएको थियो।

सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो।

विद्यार्थीहरुले www.noc.moesr.gov.np मार्फत नो अब्जेसन लेटरका लागि आवेदन दिन सक्ने छन् ।