आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

नेपाल टेलिकमको सर्भर ह्याक!

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार २३:०८ मा प्रकाशित (४ साल अघि) ३५१ पाठक संख्या

काठमाडौं – नेपाल टेलिकमको सर्भर ह्याक गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।

सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। देउजा कम्प्युटर अपरेटर हुन्।

देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीको दावी छ। सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा देउजाले सर्भर ह्याक गरि ३०,३५ हजारको कारोबार गरेको देखिएको छ।

नेपाल टेलिकमले उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। घटनाबारे थप अनुसन्धान साइबर ब्युरोले गर्ने सीआईबीले जनाएको छ।