आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

बलात्कारको आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार १८:३५ मा प्रकाशित (४ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं– सशस्त्र प्रहरी बलका एक वरिष्ठ उपरिक्षक (एसएसपी) बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा प्रहरीले एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए ।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितको स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।