आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कागेश्वरी मनोहरामा झण्डै ३ महिनाको अन्तर्रालमा ९६५ पीसीआर परिक्षण,१० जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार १६:११ मा प्रकाशित (३ साल अघि) ९०४ पाठक संख्या

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना भाइरस( कोभिड १९)संक्रमितको तथ्यांक सार्वजिनक गरेको छ । नगरपालिकाले गत बैशाख १ गते देखी आषाढ २८ गते सम्मको कोरोना संक्रमित र परिक्षण संख्याको विवरण सार्वजनिक गरेको हो ।

नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार बैशाख१ देखी आषाढ २८ सम्ममा र्यापीड टेस्ट( RDT) ११५४ गराईएको थियो जसमध्ये ३५ जनामा आरडीटी पोजेटिभ देखिएको थियो । त्यस्तै पीसीआर ९६५ जनाको गराइएको छ । जसमध्ये १० जनालाई कोरोना पोजेटिभ देखिएको छ । नगर प्रमख थापाले कागेश्वरी नगरपालिका भित्र बसोबास गर्ने नगरबासी र छिमेकी नगरपालिकामा बसोबास गर्ने नगरबासीहरुको कोरोना परिक्षणकोलागी स्वाव संकलन देखी आरडिटी परिक्षण गर्ने कार्य मुलपानी नगर अस्पतालमा र वडा नं. २ मा रहेको आलापोट स्वास्थ्य केन्द्रमा गरेको जानकारी दिए ।

उनले नगरपालिकामा गत बैशाख १ गते देखी आषाढ २८ गते सम्म क्वारेन्टाईनमा भर्ना भई बस्नेहरुको संख्या १२७ रहेको बताए । जसमा मुलपानी नगर अस्पतालमा ९१ पुरूष र २७ महिला गरी ११८ जना, र आलापोट स्वास्थ्य केन्द्रमा ९ जना रहेका छन् ।

नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको बताउँदै नगर प्रमुख थापाले संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको बताए ।

नगर प्रमुख थापाका अनुसार आषाढ २८ सम्म नगपालिकाले आरडीटी र पीसिआर टेस्ट निशुल्क गराउँनुका साथै क्वारेन्टाइनमा बस्ने सबैलाई खाना तथा खाजा निःशुल्क खुवाइएको थियो ।

फोटो :सरोज बस्नेत