आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

देशभरको मौसममा वदली, केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार ०६:४० मा प्रकाशित (४ साल अघि) २३६ पाठक संख्या

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ।

विभागका अनुसार आज विहान साढे ५ बजे लमजुङ जिल्लाको खुदीबजार र बेंशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएको छ ।

जसअनुसार त्यस क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव तथा कमजोर, भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।