आज: ८ कार्तिक २०७७, शनिबार | Sat, 24, Oct, 2020

आजको शन्दर्भ : राज्य, राजनिति र ख्रीष्टियन समुदाय – डा. किरण दास

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०९:३३ मा प्रकाशित (३ महिना अघि) १६३ पाठक संख्या

राज्य : देशको संविधान मूल कानून हुन्छ । र प्रत्येक व्यक्तिले उक्त संविधानलाई पालन गर्नु पर्ने कर्तव्य हुन्छ । नेपालको संविधान २०७२ ले गरेको नेपाल राष्ट्रको परिभाषा, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” भुगोल र त्यसमा वसोवास गर्ने मानिस र यि दुबै विचको व्यवस्थापनलाई राज्य भनेर भनिन्छ । नेपालको संविधान २०७२ ले गरेको नेपाल राज्यको परिभाषा, “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” धर्मनिरपेक्ष शब्दमाथि संविधानमा नै थप स्पष्टिकरण प्रदान गरेर धर्मनिरपेक्ष राष्ट्रको परिभाषालाई संकुचित संविधानले नै बनाईदिएको छ । जसले गर्दा नेपाल हिन्दु राज्य हो भन्नेहरुलाई ठूलो बल मिल्नुको साथै उक्त मनोज्ञान लिएर राज्य संचालनमा बसेका व्यक्तिहरुलाई देशमा भएका हिन्दु बाहेका अन्य धर्महरुमाथि विभेद गर्न आत्माबल र कानूनी अधिकार मिलेको छ । ईतिहासमा गरिएका स्वतन्त्रताको आन्दोलनहरु र तिनीहरुले प्राप्त गरेको प्रजातन्त्र, गणतन्त्र, धर्मनिरपेक्ष अनि लोकतन्त्र जसले समतामूलक राज्यको परिकल्पना गरेको थियो । जनमानसमा कता कता यसको अन्त्य भएको अथवा हत्या गरिएको हो कि भन्ने आभाष हुन थालेको छ । बहुदलिय प्रजातन्त्र हुँदै गणतन्त्र र लोकतन्त्रमा आईपुग्दा पनि राज्यसत्ता अझै पनि सिमित सामन्ती शासकहरुको हातमा नै रहीआएको छ । हिन्दु धर्म अथवा आस्था वा दर्शन नभएर अदृश्यरुपमा नेपालको राज्यसत्ता, शासन पद्धती तथा निश्चित भुगोल भित्र सिमित राज्य शासन प्रणाली बनेको छ । जुन प्रणाली सिमित सामन्तवादीहरुले विकास गरेका थिए । यस कारण अब हिन्दु बाहेकका धर्ममा आस्था राख्ने प्रत्येक नागरिकहरुले वर्तमान राज्यसत्ता र शासन पद्धतीलाई विश्लेषण गर्नु पर्दछ । र नयाँ सोँचका साथ आ–आफ्नो आस्था, धर्म, संस्कृती, विश्वास, परम्परा संरक्षण र विकास गर्न कदम चाल्नु पर्ने हुन्छ ।

राजनिति : नेपालको राजनिति विकास र यसको ऐतिहास एक अनौठो प्रकारको पाईन्छ । पृथ्वी नारायण शाहाले गोर्खा राज्यको विस्तार गर्नु अघि थुप्रै साना राज्यहरु थिए । मध्य एशियाबाट आएका फिरंगीहरु, फारसीहरु इन्दस उपत्यका जो अहिले पाकिस्तानमा पर्दछ । त्यहाँ आएर सन् ५०० भित्रमा नै हिन्दु राज्यको विकास गरे । इन्डो–आर्यन भनिने यिनीहरु त्यहाँ बाट इन्डीया आएर शासन गर्न थालेका थिऐ । बाह्रौं शताब्धि तिर मुसलमानहरुले दिल्ली राज्यमाथि युद्ध गरेर कब्जा गरे पछि त्यहाँका आर्य राजा आफ्ना सन्तान र सेवकहरु लिएर कुमाऊ गडवाल हुँदै सतलजको भुभागमा लुकेर बसे । र विस्तारी उनी महाकाली क्षेत्र हुँदै नेपालको कर्णाली भूभागमा प्रवेश गरे र त्यहाँ बस्ने खस जातीमाथि आर्यजातीहरुले दमन र शासन गर्न थाले । नेपालमा आर्य जातीको प्रवेश भएको एक हजार वर्ष पनि भएको छैन । सामन्ती प्रवृतीका यि आर्यहरुले कथित हिन्दु धर्मको नाममा जातीय विभाजन गरि खस राज्यहरुमाथि शासन गर्दैरहे । ब्रिटिसहरुको आगमन हुनु अघि इन्डिया पनि धेरै स–साना राज्यहरुमा थियो । व्यापार गर्न आएका ब्रिटिसहरुले इन्डियालाई एउटै राष्ट्र बनाए र शासन गरें । यसरी ब्रिटिस साम्राज्यको विस्तार देखे पछि पृथ्वी नारायण शाहले पनि गोर्खा राज्यको विस्तार गर्न चाहान्थे । फलस्वरुप, उनले स–साना राज्यहरुलाई युद्धको माध्यमबाट विजय प्रप्त गर्दै नेपाल देशको स्थापना गरें । यसरी शाह जाहनीय शासनको आरम्भ हुन्छ । समाजलाई जातको आधारमा विभक्त र विभाजन गरि सामान्ती हिन्दु सोँचबाट राज्य संचालनको पद्धती विकास हुन्छ र त्यो समय देखि यही सामान्ती समुह तथा जतले यो देशमा शासन गरिरहेको छ । समय र कालखण्डहरुमा राजनितिक परिवर्तहरु भए । २००७ सालमा राणाशासनको बिरुद्धमा प्रजातान्त्रीक आन्दोलन भयो । शासक परिवर्तन भए, तर शासन पद्धती फेरिएन । २०४६ सालमा अर्को जनआन्दोलन भयो । राजनितिक परिवर्तन भयो । शाही जाहनीया शासनको अन्त्य भयो र बहुदलिय प्रजातन्त्र आयो । शासक परिवर्तन भए, तर शासन पद्धती परिवर्तन भएन । २०६२–६३ को दोस्रो जनआन्दोलनले राजनितिक परिवर्तन ल्यायो । शासक परिवर्तन भए, तर शासन पद्धती, राज्य प्रणाली परिवर्तन भएन । आज देश संघीय लोकतान्त्रीक गणतन्त्रमा आईपुग्दा पनि त्यही शासन प्रणाली छ । तिनै सामन्तीवादी शासकहरुलाई राज्य शासन गर्न हामीले दिईरहेका छौं । देश फुटाओ र शासन गर भन्ने ब्रिटिसहरुको सिद्धान्त हिन्दु र आर्यहरुको मुलमन्त्र नै सावित भएको छ । राज्यको विकास, राज्यका नागरिकहरुको समग्रह विकासमा मात्र मापन गर्न सकिन्छ । विधमान सबै राजनितिक दलहरुमा हिन्दु सामन्तवाद शासन पद्धती प्रेरित प्रणाली पाउंदछौं । त्यसैकारण यहाँ हिन्दु धर्म वाहेकका सबै धर्महरु शोषित छन् । राज्यले सबै धर्मलाई समान व्यवहार गर्न सक्दैन किनकि राज्य हिन्दु सामन्ती पद्धतीद्धारा शासन गरिरहेको छ । देशको विकास अहिलेको विधमान राजनितिक अभ्यासहरुबाट गर्न सकिदैन र हुँदैन । राजनितिक चरित्र, पद्धती र प्रणालीको पुर्ण परिवर्तन गरिनु पर्दछ ।

ख्रीष्टियन समुदाय : येशूको चेला थोमा दक्षिण भारतमा अएपछि नेपालको पुर्वि क्षेत्रमा प्रवेश गरेको अनुमान गरिएता पनि, नोपलमा ख्रीष्टियन समुदायको विकास तथा विस्तार मल्ल काल देखि भएको पाईन्छ । नेपाल राज्यको उचित विकासमा नेपाली ख्रीष्टियन समुदायले मल्लकालदेखि नै शिक्षा, स्वास्थ्य र निर्माणमा ठूलो योगदान गर्दै आएको लामो ईतिहास छ । तर राज्यको शासन पद्धतीमा कहिले पनि हात हालेन । आफ्नो उपस्थिती ख्रीष्टियन समुदायले राज्य संचालन प्रणालीमा कहिले पनि गरेन । यो साहेद ख्रीष्टियन समुदायले इतिहासमा गरेको ठूलो भूल हुनसक्छ । तर समाजको निर्माणमा ख्रीष्टियन समुदाय निरन्तर लागीरहयो । तर पनि नेपालमा ख्रीष्टियन समुदाय सधै समाज र राज्यबाट सतावाट, दुरव्यवहार, दमन, शोषण, विभेदको शिकार भईरहन परेको छ । राज्यबाट निरन्तर आस्थाका बन्दि भएर पंचायती शासन कालमा रहनु प¥यो । प्रजातन्त्रको उदयपश्चात पनि ख्रीष्टियन समुदायले धार्मिक स्वतन्त्रता पाएन । आज पनि ख्रीष्टियन विश्वासमा रहेका व्यक्तिहरुलाई, धर्मगुरुहरुलाई राज्यले धरपकट गर्ने झूटा मुद्धा लगाएर बन्दि बनाउने कार्य गरिहेको छ । राज्यले लोकतन्त्र, धर्मनिरपेक्ष, गणतन्त्रात्मक संविधानको धज्जीउडाई रहेको छ । देशमा कानुनी राज्य छैन । राज्यले आझै पनि योजनावद्धरुपमा मण्डलीमाथि आक्रमर्ण गर्दैछ । देशमा विधामान परिस्थितीको सहि विशलेषण गरी ख्रीष्टियन समुदाय एकिकृतरुपमा अघि बढ्नुको विकल्प छैन । अबको चुनौतीहरु अझ गम्भिर प्रकृतीको हुने भएकोले ख्रीष्टियन समुदाय चरणबद्धरुपमा उचित प्रायसहरुको थलनी गर्नु पर्दछ ।

(१) राज्यमा हाम्रो पहिचान बनाउनु पर्दछ । ख्रीष्टियन समुदाय धार्मिक समुदाय भनी राज्यले वैधानिकता प्रदान गरेको अवस्था छैन । त्यसकारण वैधानिक बाटो समातेर धार्मिक पहिचानको लागी कानुनी उपचारको खोजिमा लाग्नु पर्दछ । राज्यको आँखामा ख्रीष्टियन समुदाय सानो, विभाजित, अपरिपक्क नेतृत्व भएको लाचार समुहकोरुपमा चित्रण गरिएको छ । यस प्रकारको चित्रणलाई चिर्न ख्रीष्टियन समुदायको राष्ट्रिय संयन्त्रणको विकास गर्नु पर्दछ । राष्ट्रिय नेतृत्व स्थापित हुनुपर्दछ । राज्यले शक्ति देखेपछि सहकार्य गर्दछ ।
(२) अवसरहरुमा एकिकृत सहभागीता हुनुपर्दछ । विगतका राजनितिक परिवर्तनहरुमा ख्रीष्टियन समुदायको सहभागीत सुन्य नै रहयो । किनकि हामी विभाजित भईरहयौं । हामी मध्य कतीले हामी एकतामा छौं भन्छौं तर एक हुँदैनौं । राजनितिक दलहरु फूटे झै हामी मण्डली फूटाउछौं । पाटीहरुले एक अर्काको बिरोध गरेझै हामी एउटा मण्डलीले अर्को मण्डलीको बिरोध गर्दछौं । कहाँ छ हाम्रो एकता रु अहिले देखिएका ख्रीष्टियन समुदायहरु एन।सि।एफ। नेपाल, एन।सि।एस। र एफ। एन।सि।एन। (महासंघ) आ–आफ्नो सुरक्षित अस्तित्व सहित राष्ट्रिय संयन्त्रणमा आउन सक्नु पर्दछ । र यसको बिकल्प छैन । यही राष्ट्रिय संयन्त्रणले नै नेपाली ख्रीष्टियन समुदायको राष्ट्रिय नेतृत्व गर्नेछ । जसको अगुवाईमा राज्यमा प्राप्त सबै अवसरहरुमा एकिकृत सहभागीता गर्न सकिनेछ ।
(३) आत्मिकी नेतृत्वको निर्माण गर्नु पर्दछ । नेपाली मण्डलीहरुमा ईमान्दार अगुवाहरुको कमी छ । अहिले मण्डली घरहरु बन्दछन् । कोरोनाको त्रासले मण्डली बन्द भएका होईनन् तर कोरोना माथि विजय प्राप्त गर्न घर घरमा मण्डली संचालन गरिएको हो । एक जना पास्टर उसको समुदायमा सबैका लागी पास्टर हुनुपर्दछ । ख्रीष्टियनले मात्र होईन, त्यस समुदायमा बस्ने हिन्दु, मुस्लिम, बौद्ध सबैले आफ्नो पास्टरको रुपमा ग्रहण गरिएको हुनुपर्दछ । जब अगुवाहरु इमान्दार हुँदैनन, उनीहरु अपरिपक्क सावित हुन्छन् ।
(४) मण्डलीहरु आर्थिकरुपमा सवल हुनुपर्दछ । अर्थ सर्वस्व होईन तर अर्थको व्यवस्थापनबाट हामी धेरै कुराहरु गर्न सक्दछौं । मण्डलीमा आर्थिक उन्नती गर्नु पर्दछ । आर्थिक उन्नतीद्धारा नै हामी जनशक्तिको विकास, जनसवलीकरण गर्न सक्दछौं । समाजलाई उन्नत विकास तिर लैजान हामीलाई आर्थिक आवश्यकता पर्दछ । जब मण्डलीहरुमा आर्थिक उन्नती हुन्छ तब मण्डलीले समाजमा सेवा र विकासका परियोजना संचालन गर्न सक्दछ । विश्वका मुख्य धर्महरुको उद्गम स्थल मध्य एशिया नै रहेको छ । बैदिक धर्म पनि मध्य एशिया हुँदै आफगानिस्तान र पकिस्तानमा आईपुगेपछि त्यहाँ यसलाई मनुले हिन्दु धर्ममा विकास गरेका थिए । यो विकास धर्मको नाममा राज्य संचालन गर्नको लागी थियो । आज भारत र नेपाल जस्ता देशहरुमा त्यही मनुद्धारा विकास गरिएको (मनुस्मितृ) हिन्दु विधि तथा संविधानलाई राज्य शासन प्रणालीमा प्रत्यक्ष अप्रत्यक्ष प्रयोग गरिएको छ । अहिले पनि राज्यले अर्थ, संस्कृती र शासन तीन कुराहरुलाई सामान्तवाद अनुसार नै परिचालन गरि राज्य संचालन गरिरहेको अवस्था छ । यसकारण अब मण्डलीले आन्तरीक विकास गरेर राज्यमा आफ्नो पहिचान स्थापित गर्न एककृत योजना सहित सम्पूर्ण नेपाली मण्डलीहरुलाई राष्ट्रिय संयन्त्रणमा स्थापित गर्दै अघि बढनु अति नै जरुरी छ ।