आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार ००:२१ मा प्रकाशित (४ साल अघि) ५५४ पाठक संख्या

मुम्बई ।बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ।

बलिउडका ‘बिग बि’ अभिताभ बच्चनले ट्वीटर माफर्त आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले आफूसँग विगत १० दिनमा सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

सिनियर बच्चनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन्।

अभिताभ र अभिषेकमा कोरोनाको मध्यम लक्षणहरु देखिएको छ। हाल उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। हाल बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षणको तयारी भइरहेको  छ।