आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

म्याग्दीका विभिन्न ठाउँमा पहिरो : ३२ जना बेपत्ता

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार ११:२८ मा प्रकाशित (३ साल अघि) २९६ पाठक संख्या

पोखरा  – म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।

धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए ।

‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेको खबर आएको छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेको खबर आएको छ ।’
ठाउँ ठाउँमा पहिरो खसेर बाटो छेकेका कारण उद्दारमा जानसमेत अबरोध भएको उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचौर भन्ने ठाउँमा एउटा टोली रोकिएको छ । बागलुङबाट बिपत् ब्यवस्थापन टोली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिरो छिचोल्न समस्या परेको छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिरोको बीचमा फसेका अरू सिंगा तातोपानीबाट २ जनालाई उद्दार गरिएको उनले जानकारी दिए ।