आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लम्जुङमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार ०८:०५ मा प्रकाशित (३ साल अघि) २३३ पाठक संख्या

काठमाडौं – लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।