आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

सिन्धुपाल्चोक उडेको प्रदेशमन्त्री सवार हेलिकप्टर नेपालथोकमा आकस्मिक अवतरण

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार १२:१३ मा प्रकाशित (४ साल अघि) ३२१ पाठक संख्या

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित वडा ५ मा रहेको जम्बु बजारमा बाढीको क्षति निरीक्षण गर्न उडेको प्रदेशमन्त्री सवार हेलिकप्टर काभ्रेको नेपालथोकमा ल्यान्ड भएको छ।

वाग्मती प्रदेशका मन्त्रीहरु अरुण नेपाल, युवराज दुलाल र शलिकराम जमकट्टेलको टोली रहेको हेली नेपालथोकमा आकस्मिक अवतरण गरेको हो।

खराब मौसमका कारण हेलिकप्टर नेपाल थोकमा अवरतर गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताएका छन्।

उनले भनेका छन्, ‘अति खराब मौसमका कारण बाह्रबिसे/भोटेकोशी बिपत्तीको उद्धार कार्यमा गएका हेलिकोप्टरमध्ये सभामुखज्यूसहित जानु भएको हेलिकोप्टर एअरपोर्टमा र नेकपा केन्द्रीय सदस्य क.माधव सापकोटा सुबोधसहित गएको हेलिकोप्टर नेपालथोकमा इमर्जेन्सी ल्याप्ड गरेर बसेको छ।’

मौसम थोरै अनुकूल हुनसाथ उद्धार कार्यमा हेलिकोप्टर पुग्ने मन्त्री दुलालले बताए।