आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अमेरिका पनि टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारीमा

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०७:२६ मा प्रकाशित (३ साल अघि) ३३३ पाठक संख्या

वासिंटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।

विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो । त्यसको एक सातामै अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो । (अन्नपूर्ण पोस्ट)