आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

विप्लव समुहका पूर्व भोजपुर सेक्रेटरी मोहन राई पक्राउ

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १६:२५ मा प्रकाशित (३ साल अघि) ५५१ पाठक संख्या

भोजपुर – नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार गरे पश्चात प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका –९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जस बहादुर राईको घर खानखलाशी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

घरधनी राई फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।