आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा,एक पक्राउ

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १२:५४ मा प्रकाशित (३ साल अघि) ३३६ पाठक संख्या

जनकपुरधाम – जनकपुरकी ११ पर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक हुन्। भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिनपछि पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो। उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैँचामा भैँसी चाराउन गएकी थिइन्। सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैँचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो। घटना पश्चात प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

हत्या अभियोगमा पक्राउ परका सिंहले आफूले बालिकालाई आँप दिने प्रलोभनमा फकाएर बालत्कार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।