आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बुढानिलकण्ठ नगरपालिका कपनमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १८:५४ मा प्रकाशित (३ साल अघि) ८२० पाठक संख्या

२१ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११, कपनमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वेदबहादुर गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार गुरुङ विरुद्ध मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरमा म्याद थपेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको छ ।

पीडित १४ वर्षीया बालिकाका अनुसार गएराति घर पुर्‍याइदिन्छु भनेर गुरुङले बालिकालाई लगेका थिए । तर राति बुबाआमाले ढोका नखोलेपछि उनले आफ्नै घरमा बस्न भनेका थिए ।

घरमा लगेर उनले जबरजस्ती करणी गरेको आरोप बालिकाको छ ।