आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बाग्लुङमा क्वारेन्टिनमै मृत्यु भएका युवकमा देखियो कोरोना

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १७:२० मा प्रकाशित (३ साल अघि) ३६४ पाठक संख्या

पोखरा – बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टिनमा रहेका ती युवकको गएराति मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुका अनुसार फोक्सोमा समस्या देखिएपछि ती युवक उपचारका लागि भारत गएका थिए ।

भारतबाट उनी असार ३ गते बाग्लुङ फर्किएका थिए । उनको आइतवार दिउँसो रिपोर्ट आएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी थालेको छ ।