आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

नेपालमा कोरोना निको हुनेको संख्या ६ हजार १४३ पुग्यो,एकैदिन ८२३ डिस्चार्ज

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार २०:०५ मा प्रकाशित (४ साल अघि) ३२८ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ ।

यसैगरी नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।