आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बागमती ब्युटिफिकेशन निमार्णमा किसानसँग समन्वय नगरी जग्गा अधिग्रहण गर्नु हेपाह प्रवृती : सांसद लामा

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १९:४२ मा प्रकाशित (३ साल अघि) १२६२ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेुका नेता एव्म बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामाले बागमती ब्युटिफिकेशन गर्ने क्रममा किसानहरु मारमा परेको बताएका छन् ।

प्रदेशसभामा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिदै सांसद लामाले ब्युटिफिकेशनका नाममा त्यहाँका किसानहरुसंग समन्वय नै नगरी १ सय ८८ रोपनी जग्गा अधिग्रहण गरी कार्यक्रम संचालन गर्नु हेपाह प्रवृती भएको बताए । उनले किसानहरु आन्दोलित हुनु परेको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि सरोकारवालाहरुसंग छलफलका लागि आग्रह गरे ।

सांसद लामाले समबन्धीत किसानसँग छलफल नगरी एकलौटी ढगंबाट अगाडी बढ्न खोज्दा जनता आन्दोलनमा हुनुपरेको उल्लेख गरे । उनले समबन्धीत मन्त्रालय र  निकायले जनताको मागलाई सम्बोधन गरेर अगाडी बढ्नु पर्ने बताए ।

बागमती सभ्यता क्षेत्र सुधार तथा विकास शुल्क त्यही क्षेत्रमा खर्च गनुपर्नेमा समेत उनको जोड थियो ।