आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

युएनको गुडिरहेको गाडीमा यौन लिला(भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १८:५८ मा प्रकाशित (३ साल अघि) ७८१ पाठक संख्या

एजेन्सी – संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।
इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ ।

भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

१८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौन लिलामा लिप्त देखिन्छन् ।

त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ ।

यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको बिबिसीले जनाएको छ । युएनले यस घटनालाई गम्भीर आपत्ति जनाउँदै चिन्ताजनक रहेको बताएको छ ।