आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

शंखरापुरको बजेट ९९ करोड ८८ लाख ५६ हजार

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार ०८:४७ मा प्रकाशित (३ साल अघि) ३५२ पाठक संख्या

 काठमाडौं/ शंखरापुर नगरपालिकाको पाँचौं नगर सभा गत बुधबार सम्पन्न भएको छ । नगरपालिकाले नगर सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ९९ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

आगामी वर्षकालागि विनियोजन गरिएको बजेट र कार्यक्रमका बारेमा नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । विनियोजन गरिएको बजेटमा चालु तर्फ ४६ करोड ६७ लाख छुट्टाइएको छ ।

नगरपालिकाले पूर्वाधार विकास तर्फ २४ करोड १३ लाख ५० हजार, सामाजिक विकास तर्फ ८ करोड ९९ लाख ९ हजार विनियोजन गरिएकोमा शिक्षामा १ करोड ६७ लाख , स्वास्थ्यमा १ करोड ३५ लाख ५९ हजार, खानेपानी तथा सरसफाईमा ३ करोड ४५ लाख, संस्कृति प्रबर्द्धनमा ९५ लाख, खेलकुद तथा मनोरन्जनमा ६५ लाख र लैंगिक समानता तथा समावेशीकरणमा ९१ लाख ५० हजार विनियोजन गरिएको मेयर सुवर्ण श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाले हालसम्म गरेका कामका वारेमा समेत जानकारी दिएको थियो ।