आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

एक बेली डान्सरले उत्तेजक भिडियो पोस्ट गरेपछि ३ वर्ष ‘जेल’ साढे २२ लाख जरिवाना(भिडियोसहित)

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १९:२० मा प्रकाशित (३ साल अघि) ३७५ पाठक संख्या

एजेन्सी – एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको छ ।

अल जजीराका अनुसार कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु टिकटकमा शेयर गरेकी थिइन् ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चोरी गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् । कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनै तिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।

अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उल्लंघन गरेको ठहर गरेको छ ।