आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जुवा खेलेको आरोपमा गधा गिरफ्तार!( भिडियो )

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १५:२४ मा प्रकाशित (३ साल अघि) ६१० पाठक संख्या

काठमाडौं – दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला ।

जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला ।

तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ?

पाकिस्तानमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमा एक गधा पक्राउ परेको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा जुवा खेलेका आरोपमा एउटा गधा पनि गिरफ्तार भएको छ ।

पाकिस्तानी च्यानल सामना टेलिभिजनका अनुसार प्रहरीले जुवाखालमा छापा मार्दा जुवाखालाट गधा पनि पक्राउ गरेको छ ।

यसका साथै १ लाख २० हजार पाकिस्तानी मुद्रा समेत बरामद भएको थियो । प्रहरीका अनुसार गधाको विरुद्धमा समेत एफआईआर दर्ता भएको छ ।