आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु,५ घाइते,१ को अवस्था गम्भीर

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १३:१० मा प्रकाशित (३ साल अघि) ७४६ पाठक संख्या

काठमाडौं – दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्याएको उनले जानकारी दिए ।