आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कपिलवस्तुमा देखिएको सलह किरा अर्घाखाँची प्रवेश गर्यो

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ०१:०४ मा प्रकाशित (३ साल अघि) ४९७ पाठक संख्या

कपिलवस्तु – कपिलवस्तुमा सलह किराको ठूलो झुण्ड देखिएको स्थानीयले बताएका छन् ।

जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको स्थानीयले बताएका हुन् । सलह किराको प्रवेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।

किराले बाली खान सुरु गरिसकेको उनीहरुको भनाइ छ ।

यस्तै अर्घाखाँचीमा पनि सलह पुगेको छ । जिल्लाकोे दक्षिणी भेग शितगंगा नगरपालिकाको सुर्वणखाल, शितापुरका केही भूभागमा सलह देखिएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिए ।