आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

जापानी कम्पनीले बनायो ब्लुटुथ जडान गरिएको अत्याधुनिक मास्क

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ००:२७ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

काठमाडौं – विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेका बेला जापानी कम्पनीले अत्याधुनिक मास्क निर्माण गरेको घोषणा गरेको छ । कम्पनीले ब्लुटुथ जडान गरिएको मास्कको निर्माण गरेको जनाएको हो ।

डोनट रोबोटिक्सले तयार गरेको उक्त अत्याधुनिक मास्कको नाम सी मास्क राखिएको छ । सेतो प्लास्टिकबाट निर्माण गरिएको उक्त मास्क मोबाइलमा एप डाउनलोड गरेर चलाउन सकिन्छ । ब्लुटुथका माध्यमबाट उक्त मास्कलाई स्मार्टफोन र ट्याब्लेटसँग जोड्न सकिने कम्पनीले जनाएको छ ।

उक्त स्मार्ट फेस मास्कका माध्यमबाट म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य भाषामा अनुवाद गर्न समेत सकिने जनाइएको छ । यो मास्कले मान्छेको आवाजलाई पनि ठूलो बनाइदिनेछ ।

यो अत्याधुनिक मास्कको मूल्य ४० डलर राखिएको छ । कम्पनीका अनुसार आउँदो सेप्टेम्बरबाट यसको व्यवसायिक उत्पादन थालिनेछ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रविधिको प्रयोग गरेर मास्क तयार पारेको बताएको छ । यो मास्क चीन, युरोप, अमेरिका तथा विश्वका अन्य देशमा विक्री गरिने जनाइएको छ ।