आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

२ टाउको र ३ आँखा भएको सुँगुर जन्मियो

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार ०७:५२ मा प्रकाशित (३ साल अघि) ४८१ पाठक संख्या

कोलम्बियामा ६८ वर्षका किसान हेगल आर्टेगा पाडिलाले पालेको सुँगुरले १ टाउको र ३ आँखा भएको बच्चाको जन्म दिएको छ । उक्त बच्चा जन्मेपछि हेर्नलाई मानिसहरुको भिड लागेको छ ।

कोलम्बियामा यस्तो आश्चर्य लाग्दो शरीर भएको जनावरलाई शुभ मान्ने गर्छन् । आश्चर्य लाग्दो बच्चाको शरीर सेतो र कालो रंगको छ । सुगुरको यो बच्चा खरिद गर्न मानिसहरुको होडबाजी नै चलेको छ । पाडिलाले सुगुरले यस्तो बच्चा जन्मायनु आफ्नो भाग्य खुलेको बताएका छन् । उनले बच्चा खरिद गर्न व्यापारीहरुले महंगो रकम दिन आएको पनि खुलासा गरेका छन् । सुँगुरको बच्चाको तस्वीर इन्टरनेटमा भाइरल भएको छ । एजेन्सी