आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

के तपाईंले कहिल्यै माछाले बियर पिएको देख्नु भएको छ ? (भिडियो)

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ००:५७ मा प्रकाशित (३ साल अघि) ४९० पाठक संख्या

के तपाईंले कहिल्यै माछाले बियर पिएको देख्नु भएको छ ? सायद छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा एक माछाले मज्जाले बियर पिइरहेको छ ।

यस भाइरल भिडियोमा एक माछा डुंगाको किनारमा आई मुख लगाएर एक ब्यक्तिको हातबाट बियर पिउँदै गरेको देखिन्छ । माछाले बियर पिएको भिडियोलाई धेरैले शेयर गरेका छन् ।

यस भिडियोलाई भारतीय वन अधिकारी सुशान्ता नन्दाले शेयर गरेका हुन् । साथै उनले क्याप्सनमा, माछाको झै बियर पिउनुहोस् । हेर्नुहोस् यो माछा कति भाग्यशाली छ, जो यस गर्मी मौसममा चिसो बियरको मजा लिइरहेको छ ।