आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

करिब १ अर्बको बजेट पारित गर्दै शंखरापुर नगरपालिकाको नगर परिषद बैठक सम्पन्न

गोकर्णेश्वर खबर११ असार २०७७, बिहीबार १५:३७ मा प्रकाशित (३ साल अघि) ६८३ पाठक संख्या

साँखु,असार १० गते बुधबार । आर्थिक बर्ष २०७७/७८ को लागि करिब १ अर्बको बजेट पारित गर्दै शंखरापुर नगरपालिकाको पाचौं नगर परिषद साँखुमा सम्पन्न भएको छ। 

लकडाउन खुकुलो भएको अबस्थामा साँखुको भक्ति बेम्बोमा आज सम्पन्न उक्त नगर परिषद बैठकमा शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले आगामी आर्थिक बर्ष २०७७/७८ को लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन ।

कोरोना महामारीका कारण यस आर्थिक बर्षमा बिकास निर्माणका काम सोचे अनुसारको गर्न नसकिएको बताउदै आगामी आर्थिक बर्षमा बाँकी काम लाई तिब्रता दिने मेयर श्रेष्ठले बताउनु भयो।

पर्यटन, कृषि संगै कोरोना भाइरस विरुद्ध लडन स्वास्थ्यलाई पनि प्राथमिकता दिई निति तथा कार्यक्रमा समाबेश गरेकाे  मेयर श्रेष्ठले बताउनु भयो। मेयर संग उज्यालो कार्यक्रम, उप मेयर सुत्केरी स्वास्थ्य सेवा कार्यक्रम, सुरक्षा निकायको समन्वयमा सुरक्षित शंखरापुर र साँकृतिक ग्राम जस्ता नौलो कार्यक्रमहरु समाबेश गरिएको उहाँले बताउनु भयो।

कोरोना भाइरस रोकथामको अभियानलाई शंखरापुर नगरपालिकाले सफलता पुर्बक संचालन गरेको बताउदै हाल सम्म नगरपालिकामा काेहि पनि कोरोना संक्रमित नभएको जानकारी दिनुको साथै नगरपालिकाले लिएको रणनीति बारे बताउनु भयो।

कोरोनाको कारण नै नगरपालिकाको आयस्रोतमा कमि भएकोले बजेटमा कटौती गरे पनि करिब १ अर्बको बजेट बनाउनु बाध्यता रहेको उहाँले बताउनु भयो।

 

आगामी आर्थिक बर्षमा पनि ८२ करोड ४० लाख मात्र आम्दानी हुने प्रक्षेपन गरे पनि करिब १ अर्बको खर्च हुने बताउदै नपुग रकम संघीय सरकार, प्रदेश सरकार र पुन निर्माण प्राधिकरण संग समन्वयन गरि परि पुर्ती गर्ने मेयर श्रेष्ठले बताउनु भयो।

उक्त नगर परिषदमा बिगत ३ बर्ष देखि शंखरापुर नगर लाई समृद्ध बनाउन अहोरात्र खतिरहेको र बिस्तारै परिणाम देखिन थालेको उप मेयर सुक्र लक्ष्मी श्रेष्ठले बताउनु भयो।

शंखरापुर नगरपालिकाको ६ र ७ वडा समेतेको साँखु बजार क्षेत्रलाई सम्पदा बस्तिकाे रुपमा बिकास गर्ने अभियानले मुर्त रुप लिन लागेको बताउदै उक्त कामको लागि राष्ट्रिय पुन निर्माण प्राधिकरणले झन्डै ४० करोड बजेट आगामी आर्थिक बर्षको लागि बिनियोजन गरेको उहाँले जानकारी दिनु भयो।

कृषि उत्पादनमा जोड दिन कुनै पनि खेत बाँझो राख्न नदिने नीति नगरपालिकाले लिएको बताउदै बिदेश बाट फर्कनेहरुलाइ समेत उनीहरुको शीप अनुसार काम दिने प्रयत्न नगरपालिकाले गरि रहेको उप प्रमुख श्रेष्ठले जानकारी दिनु भयो।

नगरबासीले स्थानीय सरकारकाे महसुश गर्ने गरि शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनलार्इ प्राथमिककतामा राखी बजेट अाएकाे नगर प्रबक्ता समेट रहेका वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङ्गले बताउनु भयाे । नेकपाकाे अत्याधिक बहुमत रहेपनि सबै दलकाे भावना समेटेर बजेट अाएकाे र सबैले अपनत्व महसुश गरेकाे बताउदै मुख्य गरि साँखु बज्रयाेगिनी घुमारीचाेक डाँडा कटेरी, साँखु जर्सिङ्ग पाैवा भाेटेचाैर सडक र मनमाेहन मार्गलार्इ प्राथमिकता दिर्इएकाेमा सकारत्मक रहेकाे उहाँले बताए ।

परिषद कुनै पक्ष विपक्ष को रुपमा नभै सबैको सहभागिता र सर सल्लाहमा नीति तथा कार्यक्रम र बजेट आएकोले यसलाई सकारात्मक रुपमा लिएको राप्रपा बाट निर्बाचित वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताउनु भयो।

नगर प्रमुख ज्युले दलहरू बाट प्राप्त सल्लाह सुझाब समेतेर राम्रो नीति तथा कार्यक्रम ल्याएको बताउदै वडा अध्यक्ष श्रेष्ठले बर्तमान विषम परिस्थितिमा बजेट कार्यान्वयन चुनौती पुर्ण रहेको अबस्थामा सबै मिलेर अघि बढने जानकारी दिनु भयो।

नेकपा नेतृत्वको शंखरापुर नगरपालिकाको नीति तथा कार्यक्रम र सोही अनुसार बजेट आएकोले यसले समग्र नगरको बिकाशमा टेवा पुग्ने नेकपा शंखरापुर नगर कमितिका अध्यक्ष निरज के सी ले बताउनु भयो।

शंखरापुर नगरलाई साँस्कृतिक नगरको रुपमा बिकास गर्न प्रयाप्त बजेट ब्यबस्था गरेको बताउदै जनताको चाहना बमोजिम निति तथा कार्यक्रम आएको अध्यक्ष के सी ले बताउनु भयो।

अन्य नगरपालिकाहरुमा प्रतिपक्षले बिरोधका कार्यक्रम संचालन गरि गरेको स्मरण गराउदै नेपाली काङ्ग्रेस शंखरापुर नगर कमितिका सभापति राजु भाइ मानन्धरले शंखरापुर नगरपालिकामा सबै दलको भावना समेत्ने गरि नीति तथा कार्यक्रम आएको बताउनु भयो। हरेक विषयमा दल र तिनका प्रतिनिधी संग सल्लाह गरेर नगरपालिका अघि बढेको र कहि कतै कमि कमजोरी भए प्रतिपक्षको नाताले गल्ती औल्याउँने  काम आफुहरुले गर्ने उहाँले बताउनु भयो।

कोरोनाले अस्त ब्यस्त समयमा बिदेश बाट आउने को उचित ब्यबस्थापन गरि उनीहरुको शिपको सदुपयोग गर्नु पर्ने उहाँले बताउनु भयो ।

राप्रपा नगर कमिटीका अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठले बजेट कागजमा मात्र सिमित नहोस हिजोको दिनमा पनि यति बजेट आउँछ उत्ति बजेट आउँछ भने पनि व्यबहारमा नआएको बताउदै यसमा सचेत हुनु पर्ने बताउनु भयो।कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भैरहेता पनि बिदेश बाट आउने हरुलाइ सुरक्षित तरिकाले ब्यबस्थापन गर्नु पर्ने बताउदै उत्पादन संग उनीहरुलाइ जोडनु पर्ने बताउनु भयो ।

इलाका प्रशासन कार्यालय साँखुका प्रमुख खुमकान्त अर्याल र होम नेट नेपालका प्रतिनिधि बुद्ध भक्त चित्रकारले नीति तथा कार्यक्रम र बजेट सकारात्मक रहेको बताउदै सफलताको शुभकामना दिनु भयको थियो । (शंखरापुर न्यूज )