आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रिमियर लिगमा लिभरपुलको जित, आज उपाधि दाबेदारहरु भिड्दै

गोकर्णेश्वर खबर२२ कार्तिक २०७४, बुधबार १०:१४ मा प्रकाशित (६ साल अघि) १४५६ पाठक संख्या

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।

वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलमा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई १–० ले हराउँदा बर्नमाउथले न्यूकासल युनाईटेडलाई, बर्नलेले साउथह्याम्पटनलाई तथा ब्राईटनले स्वान्सी सिटीलाई समान १–० ले हराएका छन् । त्यसैगरी लेष्टर सिटी र स्टोक सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राति दावेदारहरुबीच भिडन्त हुँदैछ । आज चेल्सी र म्यान्चेस्टर युनाईटेड भिड्दा म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेससँग खेल्दा एभर्टन र वाट्फोर्ड आमने–सामने हुनेछन् ।