आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मधेसी गठबन्धनका कारण जिल्लामा तथाकथित ठुला दलहरुमा खैलाबैला – नेता यादव

गोकर्णेश्वर खबर२२ कार्तिक २०७४, बुधबार ०९:५० मा प्रकाशित (६ साल अघि) २११३ पाठक संख्या
वीरगन्ज कात्तिक २२ – संघीय समाजवादी फोरम नेपालका  जिल्ला अध्यक्ष प्रदिप यादव पर्सा निर्वाचन क्षेत्र नं.  १ का लागी प्रतिनिधी सभा सदस्यल लगायत अन्य नेताहरु मेधशी गठबन्धनका सयुक्त उमेदावर रहेको पार्टीका केन्द्रिय उपध्यक्स तथा पर्सा निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार लालबाबु राउत गद्दीले बताएउनु भएको छ ।
संघीय समाजबादी फोरम नेपालले वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा अयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेशका मुद्दालाई असफल पार्न अहिलेको बाम गठबन्धन बनेको पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भएको छ । मधेशको मुद्दा सफल पर्न र पहिचान सहितको संघीयता संस्थागत गर्न सबैलाई संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धनलाई मतदान गर्न यादवले आग्रह समेत गर्नु भयो । यादवले मशाल चुनाव चिन्हमा मतदान गरेमा मात्र मधेशीको अधिकार सुनिस्चित हुने बताउनु भयो ।
यादवले मधेसी गठबन्धनका कारण जिल्लामा तथाकथित ठुला दलहरुमा खैलाबैला समेत मचेको दावी गर्नु भयो । उनलेले चुनावलाई केवल चुनाव नबुझेर अर्को आन्दोलन बुझ्न सबैलाई आग्रह गर्नु भएको थियो । आन्दोलनको क्रममा प्रहरीले हानेको गोलीको जवाफ अब ब्यालेटले दिनु पर्ने बेला आएकोले सबैलाई मधेशी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा वडा नं. ११ का स्थानिय तहमा राजपाबाट वडा अध्यक्षका उम्मेदवार बिनोद कुमार धानुक, जिल्ला सचिव जादोलाल साह, बिकास कुमार, राजपा बिद्यार्थी नेता तथा केन्द्रिय सहसचिव भरतभुषण पाण्डे, केन्द्रिय सदस्य अनूरुद्र सिह, गोबिन्द गुप्ता, बिश्वकर्मा सरार्फ, अभिषेक तिवारी, अनिल साह, महिलाका पुर्व अध्यक्ष चन्दा देवी साह, लगायत सयौं नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । नवाप्रवेशीहरुलाई नेता प्रदिप यादव लगायात अन्य उपस्थित नेताहरुले फुल-माला लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेता शशीकपुर मिया, वीरगन्ज महानगरपालिकाका पुर्व मेयर प्रदिप सुबेदी, पार्टीका जीला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, महम्द सलाउनदीन, अजय चौरसिया, पुर्षोत्तम पाण्डे लग्यायतले समेत मन्तव्य व्क्त गरेका थिए ।