आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कुमालटोलमा फोरम नेपालको पार्टी प्रवेश

गोकर्णेश्वर खबर२१ कार्तिक २०७४, मंगलवार १३:१५ मा प्रकाशित (६ साल अघि) ८६६ पाठक संख्या

मधेस आन्दोलनको उपलब्धी संस्थागत गर्ने बेला हो–लालबाबु राउत

वीरगंज ,२१ कार्तिक÷
संघीय समाजावादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आगमि निर्वाचन मधेस आन्दोलनको उपलब्धीलाई संस्थागत गर्ने अवसर भएको बताएका छन् ।वीरगंज महानगर वडा नं ५ कुमालटोलमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं १ (२) तर्फ प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका राउतले मधेशको अधिकार सुनिश्चितताका लागि फोरम नेपाललाई आफनो अभिमत दिइ सहयोग गर्न आग्रह गरे ।
‘नेतृत्व पंक्तिमा फोरम कमजोर भयो भने ,फेरी आन्दोलन र संघर्ष गर्नु पर्छ,त्यसैले सबैले पार्टीका उम्मेदवारलाई विजयी गर्नु पर्ने अवसर यही हो,’–उनले भने ।संघीय समाजावदी फोरम पर्सा अध्यक्ष तथा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले आसन्न चुनावमा मसालको लहर देखेर सर्व सधारण जनतामा चुनाव र पार्टी प्रति उल्लास छाएको बताए ।हजारौ कार्यकर्ता फोरमसंग आबद्ध हुन चाहन्छन,संघर्षको लडाईमा योगदान दिन चाहन्छन,’उनले भने,‘मधेसको जनमत मधेस विरोधी पार्टीको पक्षमा जादैन,यस पटक फरक नतिजा निकाल्छौ ।’
कार्यक्रममा अन्य पार्टी परित्याग गरी हरेन्द्र कुर्मी गोबीन्द साह अजुन पटेल, अभिषेक गुप्ता, भिम पटेल, राजेश साह, सुरज मुखिया, बिकी मुखिया. प्रिन्स श्रीवास्तवलगायत दर्जनौ कार्यकर्ताहरुले फोरम नेपालमा प्रवेश गरेका थिए ।कार्यक्रममा पर्सा क्षेत्र नं १(१) तर्फ प्रदेश सभा सदस्य उम्मेदवार जन्नत अन्सारी ,वीरगंजका पुर्व मेयर प्रदीप सुवेदी, फोरम नेपाल वीरगंज नगर अध्यक्ष मुकेश द्विवेदी,समाजवादी युवा फोरम नेपालका केन्द्रीय सदस्य सुशिल साह कानुलगायतको सहभागिता थियो ।