आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भाबी मेगा सिटीको शहरमा बत्ती भएर पनि अध्यारोमै चल्छ लाखौँको सङख्यामा गाडि

गोकर्णेश्वर खबर१९ कार्तिक २०७४, आईतवार ०७:३८ मा प्रकाशित (६ साल अघि) ११३३ पाठक संख्या

रन्जन यादव

जीतपुर १६ कार्तिक – सडकबत्तीहरु नभएको राजमार्गहरुमा गाडि चलाउनु बाध्यकारी मानिन्छ तर ठुल्ठुला भेपर लाईटहरु भएको ठाउँहरुमा पनि अध्यारोमै गाडिहरु चल्नु सम्बन्धित निकायको गैह«जिम्मेवारीपन वा सरकारको ढुकुटी सिद्याउने खेल मानिन्छ ।जीतपुरसिमरा उपमाहानगरपालिकाको ज्यादै बेस्त सडक भनेर चिनिने बिरगंज पथलैया सड्कखण्डको जीतपुरमा लाखौँको लगानीमा निर्माण गरिएको दुबैतर्फी सडकबत्ती सम्बन्धित निकायको लापरबाहीको कारण बत्ती नै पुर्ण रुपमा नबली बिलिन हुदैछ । लाखौँको सङख्यामा दिन्हौँ साना देखि ठुल्ठुला गाडिहरु आवतजावत गर्ने यस बेस्त राजमार्गमा जीतपुर गा.बि.स भएको बेलामा लगाईएको बत्ती जीतपुर उपमाहानगरपालिकामा स्तोरउन्नती हुदाँ समेत पनि कुनै पक्षले यसको वास्ता गरेको छैनन् ।बि.स.२०६७ सालतिर सड्क बिभागले सड्कको दुबैतर्फ बत्ती लगाएर साबिक जीतपुर स्थित आर्दश गा.बि.स लाई हस्तान्तरण गरेको थियो । जडान भएको समयदेखि नै एकपटक पनि बत्तीको मरमतसम्भार नहुँदा लगाईको अधिकांस बत्तीहरु काम नलाग्ने र पोल ढलेको अवस्थामा छन ।सडक बिभागले सड्कको दुबैतर्फ ९० वटा बत्तीहरु लगाएको थियो ।सडकमा लगाएका बत्तीहरु काम नलाग्ने अवस्थामा पुग्दा समेत मरमतसम्भारको जिम्मा पाएका जीतपुरसिमरा उपमाहानगरपालिका कानमा तेल हालि निदाईरहेको छ । स्थानीयबासी र नगरपालिकाको स्वयम स्थानीय कर्मचारीले सड्कबत्तीको अवस्थाको बारेमा उपमाहानगरपालिकामा जानकारी गराउँदा समेत आर्थिक अभावको कारण देखाउँदै पन्छिदै आएको छ ।जीतपुरसिमरा उपमाहानगरपालिकाका नवनिर्वाचित मेयर डा.कृष्ण पौडेल बजेटको नभएकारण देखाउँदै तत्कालै उपमाहानगरपालिका मरम्मत गर्ने अवस्थामा नरहेको बताए ।भाबी मेगा सिटीको रुपमा कल्पना गरिएको शहरमा रातिको समयमा बत्तीहरु नबल्दा राजमार्गमा भएका ठुल्ठुला खाल्डाखुल्डीका कारण सानाठुला सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेका छन