आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

फरार अपराधी तथा अभियुक्तहरु पक्राउ

गोकर्णेश्वर खबर१९ कार्तिक २०७४, आईतवार ०७:३६ मा प्रकाशित (६ साल अघि) १४२२ पाठक संख्या

वीरगन्ज १९ कात्तिक प्रहरीको खोजि सुचीमा रहेका फरार अपराधी तथा अभियुक्तहरुलाई पक्राउ गने पर्सा जिल्लामा प्रहरीले अभियान चलाएको छ । समाजमा कानुन व्यवस्था कायम राख्न र कानुन प्रति जनताको विश्वालाई वृद्धी गर्ने मुख्य उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट दोषी ठहर भई वा अनुसन्धान कै क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्ने अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले चलाएको अभियानको २५ दिन मै पर्साको विभिन्न स्थानबाट १० जना फरार अपराधी तथा अभियुक्तहरुलाइ पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले जानकारी दिनुभयो । उहाँले आज आफ्नै कार्यक्रक्षमा पत्रकार सम्मेलनको अयोजना गरी अभियान बारे संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

हत्या तथा अपहरण मुद्दामा दोषि ठहरभई विगत नौं वर्ष देखी फरार रहदै आएका पर्साको जिराभवानी गाउँपालिका ५ निवासी रामजनम चौधरीलाई पक्राउ गरी सार्वजनिक गर्दै उपरिक्षक रेग्मीले समाजमा कानुन व्यवस्थालाई कायम राख्न र कानुन प्रति जनको विश्वालाई बनाइ राख्न चौधरी जस्ता फरार रहेका अपराधीलाई पक्राउ अभियान चलाएको जानकारी दिनुभयो । उहाँले बालकको अपहरण तथा हत्याको मुद्दामा पर्सा जिल्ला अदालतले दोषि ठहर गर्दै चौधरीलाई नौं वर्ष कैद र ५० हजार रुपैया जरिवानाको आदेश गरेदेखी नै फरार रहदै आएको चौधरीलाई सुराकीको आधारमा पक्राउ गरिएको बताउनु भयो ।

त्यसै लागुऔषध, कर्तब्य ज्यान, अपहरण तथा शरिर बन्धन जस्ता मुद्दामा अदालतबाट दोषी ठहर भई विगत १५ वर्ष देखी फरार रहदै आएका प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्यवाहीका लागि अदालतमा उपस्थित गराएको उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।